बालेन सरकारलाई ६ महिनामै ढाल्ने गरि एमालेले आन्दोलन गर्छ: महेश बस्नेत

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारलाई ढाल्न भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन गर्ने बताएका छन् ।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रघाती अभिव्यक्ति दिने बालेनलाई प्रधानमन्त्री मानेर बस्नुपरेको बताए।

उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी यिनीहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ।’

उनले पार्टीभित्रको एकतालाई अझै मजबुत गर्दै जानुपर्नेमा जोड दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *