यस्ता छन् कांग्रेस एकताका लागि डा. कोइरालाका प्रस्ताव

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले एकताको मिलनबिन्दु स्वरूप पाँच प्रस्ताव गरेका हुन् ।

डा.कोइरालाले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिलाई अनिवार्य म्यान्डेटोरी नगर्ने प्रस्ताव पहिलो बुँदामा समावेश गरेका छन् ।

त्यस्तै उनले १४औं महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने प्रस्ताप पनि गरेका छन् ।

डा.कोइरालाले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *