कूटनीतिक पहलपछि नेपाली चियाको भारत निर्यात सहज बन्यो: परराष्ट्र मन्त्रालय

No ads found for this position
No ads found for this position

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले बताए।

नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उनले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *