देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का

No ads found for this position
No ads found for this position

काठमाडौं । देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का गरिएको छ । यातायात व्यवस्था विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।

विभागले जारी गरेको परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पठाइएको छ । निर्णय इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू हुने विभागले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले उक्त निर्णय गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *