‘विदेशी युवतीलाई गर्भवती बनाएर सांसद फरार भएको घटनाको छानबिन होस्’
काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीकाबारे संसदमा प्रश्न उठेको छ।
कार्कीले नाइजेरिया कि २६ वर्षीया युवती रिता अजुकोलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार जनआस्थामा सोमबार प्रकाशित भएपछि त्यसबारे आज संसद बैठकमा सांसहरूले प्रश्न उठाएका हुन्।
नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले सांसद कार्कीकाबारे आएको यस्तो कुराले प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको पनि बताइन्। उनले यस बारेमा छानबिन गरेर संसदलाई जानकारी गराउन माग गरिन् ।
यस्तै कर्णले प्रेमजालमा पारेर अलपत्र पार्ने सांसदले आफ्नो देशको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ भनि प्रश्न गिरन् ।
उनले भनिन् -‘एउटा विदेशी महिलालाई प्रेम जालमा फसाउने भावनात्मक ब्ल्याकमेल र जालझेल पारेर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ?’
यस्तै, नेकपा एमालेकी सांसद पार्वती बिकले पनि कार्कीकाबारेमा आएका विषयको यथार्थताबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्।
उनले भनिन्- ‘म जान्न चाहन्छु अथार्थ कुरा हो। यो सदन जान्न चाहन्छ। यदि हावा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि सैय हुँदैन। अर्थात हो भने माननीयलाई सिधै कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
उनले यो घटनाले एकदमै पीडादायिक अवस्था सृजना गरेकोसमेत बनाइन्।
सांसद् कार्की सोमबारको संसद् बैठकमा बोल्नका लागि नाम टिपाएर पनि अनुपस्थित भएका थिए। सभामुख डोलप्रसाद अर्यालले पटक-पटक उनको नाम बोलाउँखा पनि उनी उपस्थित भएनन्। शून्य समयमा सांसदहरूले धमाधम आफ्ना धारणा राखिरहेको बेला एउटा नाम भने सभामुखले तीनपटकसम्म दोहोर्याए, तर ती सांसद कतै देखिएनन् ।


