प्रतिपक्षलाई हेप्ने ? देश चलाउने हिम्मत हामीसँग छ, दिनुस् : राजेन्द्र राई (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार सञ्चालनको जिम्मा प्रतिपक्षलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै सांसद राईले अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने बताए।

उनले भने, ‘म थितिलाई बदल्न चाहन्न। यहाँ तपाईंहरूले हेप्नुभयो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईं पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? गम्भीर प्रश्न बनिसक्यो। अब प्रतिपक्षलाई दिनुस्। हामी चलाउँछौँ यो देश। देश चलाउने हिम्मत हामीसँग छ। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ।’

उनले प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, सदन कसरी चल्छ भनि प्रश्न गरे । उनले प्रतिपक्षलाई सरकार सञ्चालनको जिम्मा दिन चुनौती दिए।

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *