कर्णालीमा एसईईको नतिजा बर्सेनी खस्किँदो

No ads found for this position
No ads found for this position

सुर्खेत । कर्णालीमा एसईई परीक्षाको नतिजा अघिल्लो बर्षको भन्दा खस्किएको छ । २०८२ सालको एसईईमा कर्णालीका ३२ हजार ३ सय ३६ विद्यार्थीले परीक्षा दिएका थिए ।

सोमबार प्रकाशित नतिजाअनुसार १९ हजार ९५ विद्यार्थी अर्थात् ५९.६ प्रतिशत उत्तीर्ण भएका छन् । यो उत्तिर्ण प्रतिशत २०८१ को भन्दा १०.४ प्रतिशतले कम हो । अघिल्लो बर्षको एसईईमा कर्णालीका ७० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । २०८० मा कर्णालीको एसईई नतिजा ७१ प्रतिशत थियो । यसले कर्णालीको नतिजा बर्सेनी खस्कदै गएको देखाएको छ ।

कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार कर्णालीमा यस वर्ष १३ हजार २ सय ४१ विद्यार्थी ननग्रेडेड भएको छन् । मुगुमा सबैभन्दा धेरै ७५.९ र सबैभन्दा कम दैलेखमा ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष ३६ जनाले सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याएका छन् ।

जसमध्ये दैलेखमा २, सल्यानमा ६, कालीकोटमा १ र सुर्खेतमा १८ जनाले ४ जीपीए ल्याएको निर्देशनालयले जनाएको छ । यस वर्ष हुम्लामा ९ सय ५० मध्ये ४ सय ६९, मुगुमा १ हजार ३ सय ९४ मध्ये १ हजार ५८, जाजरकोटमा ७ हजार १ सय २२ मध्ये २ हजार १ सय २२ र रुकुम पश्चिममा ३ हजार ७ सय ८० मध्ये २ हजार ९ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

जुम्लामा २ हजार १ सय ३३ मध्ये १ हजार ४ सय ५४, डोल्पामा ६ सय ३४ मध्ये २ सय ९७, दैलेखमा ४ हजार ३ सय ६ मध्ये १ हजार ३ सय ७०, सल्यानमा ३ हजार ९ सय ८७ मध्ये २ हजार ७ सय ३२, कालीकोटमा ३ हजार १४ मध्ये २ हजार २ सय ४ र सुर्खेतमा ७ हजार १ सय ८८ मध्ये ४ हजार १ सय ८३ जना उत्तीर्ण भएका छन् । समयमै पाठ्यपुस्तक नपुग्दा, बिषयगत शिक्षकको अभावलगायतका कारणले एसईई नतिजा खस्किएको बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *