लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा लाइसेन्स निलम्बनका लागि सिफारि

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालकको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी लिए ।

‘लापरबाहीपूर्ण सवारी साधन चलाउने यही महिना मात्र ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालय लेखेर पठाइएको छ । लापसो मापासे गरेर चलाउने १५/२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको,’ उनले भने ।

उनले चोरीको मोटरसाईकल नियन्त्रणको लागि ट्राफिक प्रहरी सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिएको पनि जानकारी दिए ।

‘चोरीको मोटरसाइकल नियन्त्रणका लागि ट्राफिक प्रहरी, सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न, ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्न चेन्जिङ पावर, एकीकृत वसपार्क प्रणाली, विभिन्न स्थानमा पार्किङ गरेर अस्तव्यस्त सडक बनाउने प्रक्रियालाई अन्त्य गर्दै लामो र मझौला दुरीका सवारी साधनहरू बसपार्कबाट मात्रै छुट्ने व्यवस्था व्यवहारमा ल्याइएको छ,’ उनले भने ।

उनले भदै २३/२४ गतेको आन्दोलन पश्चात खरानीको रूपमा रहेको ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरी थप शसक्त बनाउँदै कारबाही प्रक्रियालाई पनि अझ बलियो बनाउँदै अगाडि बढेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *