सरकार विरुद्ध सुर्खेतमा सुकुमवासीको प्रदर्शन (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

सुर्खेत । कर्णालीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबास हटाउने सरकारको निर्णयविरुद्ध सुकुमवासीहरु सडकमा उत्रिएका छन् ।

राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुमवासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुमवासीहरु उपस्थित भएका छन् ।

‘उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको-पाएनौं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभयो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुमवासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *