काउन्सिलले चिकित्सकलाई दियो चेतावनी : दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिनु

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ ।

काउन्सिलले हालै सार्वजनिक गरेको सूचनामा प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र आबद्ध भएर सेवा दिन निर्देशन गरिएको हो ।

काउन्सिलका अनुसार चिकित्सकहरूले कुनै पनि संस्थामा कार्य सुरु गर्नु अघि सो संस्थाको दर्ता अवस्था, वैधानिकता, उपलब्ध सेवा र सेवा दिने क्षमताबारे स्पष्ट जानकारी लिनुपर्नेछ। साथै, आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र आफूले प्रदान गर्ने सेवाबिच उचित सामञ्जस्य कायम गर्न पनि आग्रह गरिएको छ ।

सूचनामा दर्ताविहीन संस्थामा काम गर्नु वा त्यस्ता संस्थासँग आबद्ध हुनु पेसागत आचारसंहिता विपरीत हुने स्पष्ट पारिएको छ ।

यस्तो गतिविधिमा संलग्न चिकित्सकहरूलाई काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुसन्धानात्मक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *