सीमा सुरक्षा र नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैँ अटल रहनेछ: महानिरीक्षक पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमानदारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई ध्यानमा राख्दै आफ्नो भूमिका प्रभावकारी रूपमा पूरा गर्ने बताए ।

उनले भने, ‘नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन गर्न संविधान वा कानुन र राष्ट्रिय हितको मर्यादा र जनअपेक्षालाई ध्यानमा राखी इमानदारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यसै गरी, पौडेलले सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी र भ्रष्टाचारमुक्त संस्थाका रूपमा स्थापित गर्न दृढ प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल सरकार, गृह मन्त्रालय, सम्पूर्ण सुरक्षा निकाय, सञ्चार जगत्, नागरिक समाज तथा सशस्त्र प्रहरी बल परिवारसँग विश्वास र सहकार्यमा अघि बढ्ने उल्लेख गरे ।

उनले भने, ‘नेपाल सरकार, गृह मन्त्रालय, सम्पूर्ण सुरक्षा निकाय, सञ्चार जगत्, नागरिक समाज तथा सशस्त्र प्रहरी बल परिवार विश्वास र सहकार्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी, भ्रष्टाचार मुक्त रूपमा स्थापित गर्न मेरो दृढ प्रतिबद्धता छ । राष्ट्र, संविधान, सीमा र नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैँ अटल रहने छ ।’

उनले राष्ट्र, संविधान, सीमा र नागरिक सुरक्षाप्रति आफ्नो निष्ठा सधैँ अटल रहने पनि बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *