चलचित्र ‘लालीबजार’ को रिलिज तत्कालका लागि रोक्न अदालतको आदेश

No ads found for this position
No ads found for this position

काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को रिलिज २२ गतेसम्मलाई रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले ‘लालीबजार’ को रिलिज यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । ‘लालीबजार’ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको नेपालीको आरोप छ । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै उनले रिट दायर गरेकी थिइन् ।

यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।

सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *