इजरायली आक्रमणबाट लेबनानमा पत्रकारसहित ५ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराका अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा १ पत्रकारसहित ५ जनाको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका २ जनाको मृत्यु भएको थियो ।

इजरायली सेनाले दक्षिणी लेबनानमा २ वटा गाडीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

यसै गरि एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा १ जना पत्रकारको घाइते भएको केहि समय पछि मृत्यु भएको हो। लेबनानका सूचना तथा सञ्चार मन्त्री पल मोर्कसले पत्रकारहरूमाथि भएको इजरायली आक्रमणको निन्दा गरिएको छ ।

सामाजिक सञ्जालमा मोर्कसले पत्रकारहरूको सुरक्षा र कामको स्वतन्त्रताको ग्यारेन्टी तुरुन्तै सुनिश्चित गर्ने आवश्यकतालाई पुष्टि गर्दै यस घटनाको जिम्मेवार इजरायल भएको बताए ।

यस अघि, इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिज्बुल्लाहले युद्धविराम उल्लङ्घन गरेको दाबी गरेपछि दक्षिणी लेबनानमा आफ्नो सेना र वायुसेनाले आक्रमण गरेको बताएको थियो ।

आइडिएफले विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको सालुकी क्षेत्रमा घटना भएको बताएको छ, जहाँ आइडिएफले सम्भावित खतरा पत्ता लगाएको दाबी गरेको छ ।

सेनाले स्थितिलाई नियन्त्रण गर्न हवाई आक्रमणको जवाफ दिएको र हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गर्ने प्रयाससहित यस क्षेत्रमा अपरेसन जारी रहेको बताएको छ । -रासस/एएनआई



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *