बजारमा बिटुमिनको चरम अभाव, नागढुङ्गा-मुग्लिङ सडकको काम रोकियो

No ads found for this position
No ads found for this position

काठमाडौं । सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधिन नागढुङ्गा-मुग्लिङ सडकको काम रोकिएको छ ।

निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए ।

बिटुमिन सप्लाई गर्ने सप्लायरहरुले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिहरको घिमिरे बताए । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दा गर्दै रोकिएको घिमिरे बताए ।

कुल १२ दशमलव २ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकमा ६ किलोमिटर सडक फाइनल कालोपत्र गर्न करिव ५ सय ३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताए । तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिन भित्र नागढुङ्गा–नौबिसे सडक खण्डको फाइनल कालोपत्र सम्पन्न हुने घिमिरेले बताए।

निर्माण व्यवसायीहरुले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताए। नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल पेट्रोल पम्पहरुबाट उपलब्ध हुन नसकेको ओझाले बताए ।

नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगती ८८, र वित्तिया प्रगती ८२ प्रतिशत रहेको छ । बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव प्रत्यक्ष रुपमा आयोजना देखिएको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *