विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति एमाले महासचिव पोखरेलको आपत्ति

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ । उनले लेखेका छन्, ‘आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?’

नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै उनले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको उल्लेख गरेका छन् ।
पेट्रोलियम प्रोडक्टको अभाव र मूल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्ने गरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको उनको भनाइ छ ।

‘यदि बजेटको आकार बढाउने नाममा आय श्रोत देखाउन यस्तो निर्णय हुन पुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्दछ,’ उनले भनेका छन्, ‘सरकार आफैले नाफा लिएर बिक्री गरेको विद्युत् खपत वृद्धिहुदा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नु पर्दछ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *