सार्वजनिक यातायातमा सरकारले बढायो गाडी भाडा
No ads found for this position
No ads found for this position
काठमाडौं । इन्धनको मूल्य बढेसँगै सरकारले सार्वजनिक यातायातमा भाडादर बढाएको छ ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ ।
इन्धनको मूल्यमा आएको परिवर्तनका कारण यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
प्रतिक्रिया


