रुपन्देही प्रहरीले गोली हानि लागु औषध कारोबारी पक्रियो, दुईजना घाइते
बुटवल । नेपाल प्रहरीले गोली हानेर लागु औषध ओसारपसार गर्ने कारोवारीलाई पक्राउ गरेको छ । रोहिणी गाउँपालिका–४ कोटहवा रुपन्देहीमा भारतीय सिमानाकाहुँदै नेपालतर्फ आउँदै गरेको यूपी ५६ एफ ९९०१ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै ढुंगामुढा गरी आक्रमण गरेपछि प्रहरीले गोली चलाइ उनिहरुलाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा प्रहरीको टोलीले प्रहार गरेको गोली लागेर रोहिणी गाउँपालिका- २ खुरुहुरिया रुपन्देहीका विशाल यादव घाइते भएका छन् । उनको भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको छ ।
कारोवारीहरूले हानेको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक सागर भट्टराई सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । कारोवारमा संलग्न अन्य भारतीय दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले उनीहरूको साथबाट फेनारागन ११ सय एम्पुल, डाईजोपम्म ११ सय एम्पुल र बुफ्रिनुफ्रीन ११ सय एम्पुल गरी जम्मा ३ हजार ३ सय एम्पुल नियन्त्रणमा लिएको छ ।


