कांग्रेसको देउवा-कोइराला पक्षधरको भेलामा को-को आए ? (तस्बिरहरू)
काठमाडौं । निर्वमान सभापति शेर बहादुर देउवा एवम् डा.शेखर कोइराला पक्षको नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ताहरुको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा नव निर्वाचित सांसदहरूलाई बधाई साथै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरूको बैठक पनि आयोजना गरिने भएको छ ।

कार्यक्रममा इतर पक्षका नेताहरू खड्का र कोइरालासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, जीतजंग बस्नेतलगायत शीर्ष नेताहरू सहभागी छन्। अहिले इतर समूहका केही सांसद पुगेका छन्।
पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा खड्का-कोइराला समूहले आज सांसदहरूलाई बेग्लै बेलाएर समानान्तर गतिविधि थालेका हो। भोलिबाट यो समूहको बेग्लै केन्द्रीय समिति बैठक बोलाएको छ।



