गाडी भाडा बढाउन सिफारिस, कहाँ कति बढ्दैछ ?

No ads found for this position
No ads found for this position

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै भाडा बढाउन प्रस्ताव गरेको हो ।

गत चैत २ गतेदेखि लागु हुनेगरी नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव मन्त्रालयलाई प्रस्ताव गरेको हो ।

विभागले विभिन्न क्षेत्रमा निम्न बमोजिम भाडा वृद्धिकोलागि प्रस्ताव गरिएको छ-

सार्वजनिक यात्रुवाहक सवारी साधन : ११.३३ %

पहाडी बाटोमा चल्ने मालवाहक सवारी : १४.२९ %

तराईको बाटोमा चल्ने मालवाहक सवारी : ८.८१ %



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *