७ हजार ८ सयले घट्यो सुनको मूल्य

No ads found for this position
No ads found for this position

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ८ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो ।

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो ।

उच्च विन्दुसँग तुलना गर्दा हालसम्म सुनको मूल्य करिब ४५ हजार रुपैयाँले घटिसकेको देखिन्छ । बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *