गगन थापालाई पत्र लेख्दै धनकुटाका १९ नेताले छाडे कांग्रेस
काठमाडौं। धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सभापति गगन थापालाई पत्र लेख्दै सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टी छाड्नेमा महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्ली, कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई सहित १९ जना छन् ।
पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले जनाएका छन् ।
पार्टी परित्याग गरेका नेताहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जानसक्ने चर्चा छ ।







Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्