फागुन २१ मा चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ
No ads found for this position
No ads found for this position
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निवार्चन हुँदैन भनि झुटा अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै अभिव्यक्ति दिएका थिए । उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । अहिले उनी काठमाडौं परिसरको हिरासतमा छन् ।
प्रतिक्रिया


