संघ र प्रदेश सरकारको मन्त्रालय संख्या कटौती गर्नेछौ : सभापति थापा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गरे । गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ ।

सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे । त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उनले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे ।

उनले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।सभापति थापाले अब कुनैपनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरे । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्ने उनको दाबी छ ।

उनले युवाहरु भविष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरुलाई संविधानमा उल्लेखित सबै हकहरु उपयोग गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *