प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फको एक करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी

No ads found for this position
No ads found for this position

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ वटा निर्वाचन क्षेत्रको आगि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले जानकारी दिए । उनले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताए ।

उनकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु (जाँच) समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । मुद्रण अधिकृत कोईरालाले छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको बताए । आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य शुरु गरिएको उनको भनाइ छ । उनले कर्णालीसँगै सुदूरपश्चिम, कोशी लगायतका प्रदेशमा चरणवद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना रहेको पनि बताए । निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइ सक्ने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ । कोईरालाकाअनुसार बिहीवारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, ह्म्ला, कालिकोट, जुम्ला, जाजरकोट दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *