रामेछापमा बस दुर्घटना : ६ जनाको उद्धार, ठुलो क्षतिको अनुमान

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोकलीका लागि छुटेको बस रामेछापको धोबीमा तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’,भट्टले भने ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *