फोहोर संकलनमा घण्टी बजाउन माडी नगरपालिकाकाे प्रतिबन्ध
No ads found for this position
No ads found for this position
चितवन । माडी नगरपालिकाले घर-घरमा फोहोर संकलनका लागि प्रयोग गरेको गाडी (ट्रयाक्टर)मा घण्टी बजाउन बन्द गरेको छ ।
पछिल्लो समय नगरपालिकाले फोहोर संकलनको गाडीमा घण्टी बजाउनका सट्टा माइकिङ गरेर घरधनी एवं स्थानीयवासीलाई जानकारी दिँदै फोहोर संकलन गर्न थालेको हो ।
यसअघि फोहोर संकलनका क्रममा गाडीले घण्टी बजाउँदै टोल–टोलमा हिँड्ने गरेको थियो ।
तर घण्टी एउटा राजनीतिक दलको चुनाव चिन्हसँग मेल खाने भएकाले निर्वाचनको समयमा कुनै पनि प्रकारको प्रभाव पर्न नदिन घण्टी बजाउने कार्य बन्द गरिएको बुझिएको छ ।
निर्वाचन आचारसंहिता र निष्पक्षतालाई ध्यानमा राख्दै वैकल्पिक उपायका रूपमा माइकिङ प्रणाली अपनाएको नगरपालिका श्रोतले जनाएको हो ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाब चिन्ह रहेको घण्टी बजाउँदै सो दलका उम्मेदवार एवं नेता कार्यकर्ताहरु हाल माडीसहित देशैभर घरदैलोमा रहेका छन् ।
प्रतिक्रिया

