कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्यहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको परिचालन कमिटीले प्रदेश र जिल्ला तोकेर नेताहरुलाई अनुगमन तथा परिचालनको जिम्मेवारी दिएको हो ।
कुन प्रदेशमा कसले पायो जिम्मेवारी ?
कोशी प्रदेश :
कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला सङ्ग्रौलालाई खटाएको छ । कोशीमा सङ्ग्रौलासँगै निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा रहेका छन् ।
कोशीका सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेता अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजङ्ग रायमाझी खटिएका छन । यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिराहा र सप्तरीमा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन् ।
बागमती प्रदेश :
बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ । यस्तै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएका छन् ।
गण्डकी प्रदेश :
गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन् । यस्तै स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल खटिएका छन् । गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिनएका छन् ।
लुम्बिनी प्रदेश:
लुम्बिनी प्रदेशको रूपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहले जिम्मेवारी पाउँदा कपिलवस्तु, अर्घाखाँची, रुकुम पूर्व, प्युठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य खटिएका छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रङ्गमती शाहीले निर्वाचनमा खटिने छन् ।
कर्णाली प्रदेश :
कार्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम (पश्चिम) जाजरकोट र डोल्पामा नारायण प्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर बिक र रंगमती शाहीलाई खटाएको छ ।
सुदूरपश्चिम प्रदेश:
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिनालाई चुनावी कमान्डर बनाइएको छ भने कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड खटिने छन् । यस्तै डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ।

