दक्षिण–पश्चिमी पाकिस्तानमा १४५ आतंककारी, ४८ सुरक्षाकर्मी र नागरिक मारिए

No ads found for this position
No ads found for this position

सिन्ह्वा । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलले समन्वयात्मक आतंककारी हमलाहरूलाई विफल पार्ने क्रममा ४० घण्टाको अन्तरालमा कम्तीमा १४५ आतंककारी, १७ सुरक्षाकर्मी र प्रहरी तथा ३१ सर्वसाधारणको मृत्यु भएको मुख्यमन्त्रीले जानकारी दिएका छन् ।

बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्टीले क्वेटामा आयोजित पत्रकार सम्मेलनमा प्रान्तका विभिन्न स्थानमा भएका प्रतिआतंकवाद अभियान र लडाकुहरूको आक्रमणका क्रममा उनीहरुको मृत्यु भएको बताए । उनले प्रतिवन्धित बलुचिस्तान लिबरेसन आर्मीले शनिवार प्रान्तभरि धेरै आक्रमणहरू गरेको र त्यसको जवाफमा सुरक्षा बलले तत्काल र निर्णायक कारबाही गरेको जानकारी दिए ।

बुग्टीले यसलाई पाकिस्तानको आतंकवाद विरुद्धको जारी युद्धमा यति छोटो अवधिमा रेकर्ड गरिएको लडाकुहरूको सबैभन्दा ठूलो हताहती संख्या भएको बताए । यसैबीच, रक्षा मन्त्री ख्वाजा आसिफले आक्रमणपछि बलुचिस्तानभरि शान्ति बहाल भएको र सुरक्षा बलहरूले बाँकी रहेका खतराहरूलाई हटाउन खोजतलास अभियान सञ्चालन गरिरहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *