आजको मौसम
काठमाडौँ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात साथमा वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।

