चितवन घुमाउनेमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

शुक्रबार (माघ १६) बिहान करिब सवा ३ बजे लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त बस दाङबाट काठमाडौंतर्फ आउँदै थियो ।

बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा चालक र सहचालक समेत ‘सामान्य’ घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था ‘मध्यम’ छ । २८ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भरतपुरस्थित मौलाकालिका अस्पतालमा १५ जनाको उपचार भइरहेको छ । पुरानो मेडिकल कलेजमा १३, मुग्लिङस्थित जनता केयर अस्पतालमा ६ र नयाँ मेडिकल कलेजमा चारजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बाटो एकतर्फी अवरुद्ध भएको थियो । शुक्रबार बिहान करिब साढे ७ बजे उक्त गाडी साइड लगाएर बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *