सुनको मूल्य तोलामा ३ लाख २० हजार नजिक पुगेर नयाँ रेकर्ड

No ads found for this position
No ads found for this position

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मुल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको बताएको छ । यसअघि, हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मुल्य पनि आज प्रतितोला ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी नेपाली बजारमा ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । महासंघको अनुसार आजको मुल्य हाल सम्मकै उच्च रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *