टर्किस एयरलाइन्सको जहाजमा समस्या आएपछि रनवे बाटै फर्काइयो
No ads found for this position
No ads found for this position
काठमाडौं । त्रिभिवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुल जानका लागि उड्न लागेको टर्किस एयरलाइन्सको जहाज रनवेबाट फर्काइएको छ ।
१२:३५ मा उडान तालिका रहेको जहाजलाई रनवेबाट पार्किङमा फर्काइएको हो । उडान नम्बर टीके–७२७ उड्नका लागि रनवे पुगिसकेको थियो ।
उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडि समेत सकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
प्रतिक्रिया



