काँग्रेस पहिलो पार्टी हुने अर्जुनरसिंह केसीको दाबी

No ads found for this position
No ads found for this position

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताए ।

नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले काँग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए ।

उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली काँग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडी बढ्नुपर्छ । नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’

उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बनेको बताए । यसअघि पनि थापा मधेसमा जान खाजेको भएपनि परिस्थिति नमिलेको बताए । नेपाली काँग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाई छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *