नेपालको दोस्रो हार, नेदरल्यान्डस २ रनले विजयी
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
टीयु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भयो ।
नेदरल्यान्डसले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।
रुबिना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे पनि जितका लागी पर्याप्त हुन सके । बलिङमा नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले सर्वाधिक ३ विकेट लिइन् ।
त्यसअघि टीयु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । बलिङमा नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन् ।



