काठमाडौं- ५ मा प्रदीप पौडेलले इश्वर पोखरेलसँग भिड्ने
काठमाडौं। हालै भएको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्री बनेका प्रदीप पौडेललाई कांग्रेसले काठमाडौं क्षेत्र नम्बर- ५ को उम्मेदवार बनाएको छ।
यो सँगै काठमाडौं क्षेत्र नम्बर- ५ को निर्वाचन रोचक हुने भएको छ ।
यस क्षेत्रमा एमाले ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन् ।
रास्पवाले भने आशिफ शाहलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाँल, क्षेत्र नं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।



