सिन्धुपाल्चोकमा सबै दलको उम्मेदवार तय, देउवा निकट बस्नेतले टिकट पाएनन्

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने पूर्वमन्त्री मोहनबहादुर बस्नेतले यसपटक सिन्धुपाल्चोकबाट टिकट पाएनन्।

सिन्धुपाल्चोकमा प्रतिनिधि सभाका लागि कांग्रेसले क्षेत्र नम्बर-१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ।

बस्नेतले अन्तिम समयसम्म टिकटका लागि पहल गरे पनि टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले बस्नेतलाई टिकट नदिइएको स्रोतको बताएको छ ।

विशेष महाधिवेशनको चर्को विरोधमा उत्रिएका बस्नेत अन्ततः यसपटक उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । यस्तै कांग्रेसले उम्मेदवार तय गरेसँगै सिन्धुपाल्चोकमा प्रमुख राजनीतिक दलहरूले आआफ्ना उम्मेदवार टुंगो लगाएका छन् ।

नेकपा एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा होमनारायण श्रेष्ठ र क्षेत्र नम्बर–२ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले क्षेत्र नम्बर–१ मा माधव सापकोटा र क्षेत्र नम्बर–२ मा युवराज दुलाललाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षेत्र नम्बर–१ मा भरत पराजुली र क्षेत्र नम्बर–२ मा अजय श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्षेत्र नम्बर–१ बाट राममणि न्यौपाने र गोपिकृष्ण चौलागाईंलाई उम्मेदवार बनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *