देउवा प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने, उनको ठाउँमा नैनसिंह महर

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नदिने भएका छन् ।

०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

देउवाको ठाउँमा नैनसिंह महर

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ठाउँमा डडेलधुराबाट कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । देउवाले यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् ।

महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निरवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *