तस्बिरमा हेर्नुस् टुँडिखेलमा माघे सकराती
No ads found for this position
No ads found for this position
काठमाडौं । मगर समुदायले भव्यताका साथ टुँडिखेलमा माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उपत्यकामा बसोबास गर्ने मगर समुदायले सकराती मनाएका हुन् ।
माघे सकराती मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्तिलाई सम्पूर्ण नेपालीले राष्ट्रव्यापी धुमधामसाथ मनाउने गर्दछन् ।

माघे सकराती परापूर्वकालदेखि नै मनाउँदै आएको चाड हो। यो विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो। सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ। मगर जातिका कूलदेवता वराहथान हो। त्यसकारण सकरातीमा वराहथानको पूजाआजा हुन्छ।

प्रतिक्रिया



