दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा छैन: कांग्रेस प्रवक्ता महत

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पारे । उनले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी गरे ।

उनले भने, ‘हामी पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ । र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन । त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरुले पनि त्यही लचकताका साथ आउनुपर्‍यो ।’

उनले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपिल गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *