कांग्रेस देउवाको पार्टी हो, विशेष महाधिवेशनमा वहाँ आउनु पर्छ: चन्द्र भण्डारी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् ।

शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उनि आफैँ सहभागी हुनुपर्ने बताए ।

नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । उनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने बताए ।

उनले भने,‘७७ वटै जिल्लाका साथीहरु हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु हाम्रा हुन् । नेपाली कांग्रेसका हुन् । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरुलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो ।’

कांग्रेस नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्ने बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *