कांग्रेसका ‘२५ भाइ’ले देउवालाई भने- ‘पार्टी फुट्न सक्छ, जोगाउनुस्’

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी विभाजनको जोखिम बढ्दै गएको भन्दै सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनबाट पार्टी जोगाउन आग्रह गरेका छन्।

शुक्रबार देउवालाई भेट्न पुगेको टोलीले पार्टी एकतामा राख्न जोडदार आग्रह गरेको हो।

बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए। त्यसपछि ‘२५ भाइ’ का रूपमा चिनिने केन्द्रीय सदस्यहरूको टोली देउवालाई भेट्न पुगेको हो।

टोलीले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिएको थियो।

टोलीका एक केन्द्रीय सदस्यले भने, “विशेष महाधिवेशन एउटै पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ। त्यसैले सभापतिज्यूलाई पार्टीको अभिभावकको नाताले पार्टी जोगाउन आग्रह गरेका छौँ।”

त्यसैगरी, टोलीले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूलाई लक्षित गरी प्रहार सुरु भएको गुनासो पनि सभापतिलाई सुनाएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *