बालेन र रवि वार्ता भइरहेको घरको गेटमा सुधन गुरुङले लगाइदिए ताला
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच वार्ता भइरहेको घरमा सुधन गुरुङले ताला लगाइदिएका छन्।
ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा लामिछाने र शाहबीच वार्ता चलिरहेका बेला गुरुङले गेटमा बाहिरबाट ताला लगाइदिएका हुन्।
उनले दुई जनाबीच एकता नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।
गुरुङले सामाजिक सञ्जाल फेसबुक गुरुङले भनेका छन्- ‘हाम्रो दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीचाहिँ ताला लाएर राखेका छौँ।’
प्रतिक्रिया


