मिराज ढुंगाना जेनजी समूहले गर्‍यो आन्दोलनको घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी संयुक्त जेनजी आन्दोलन गर्ने घोषणा गरेको छ । भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

ढुंगानाले आज एक कार्यक्रमबीच उनको समूहले आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे माइतीघरमा भेला हुन पनि उनले आव्हान गरेका छ्न् ।

कार्की सरकारले जेनजी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेतृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरे । उनले सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक रहेको बताए ।

उनले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको आरोप लगाए । उनले सुशासन जेनजी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताए ।

उनले प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *