कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री देउवाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो।
सभापति देउवा सन् २०४८ देखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्।
यस्तै, जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए।
प्रतिक्रिया


