रियल माओवादी हामी हौं, प्रचण्डले त्यागिसके : प्रवक्ता विश्वकर्मा (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले रियल माओवादी आफूहरु भएको दाबी गरेका छन्।

वागमती प्रदेश कमिटिको आयोजनामा बिहीबार भएको कार्यक्रममा उनले असली माओवादी आफूहरु भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताए ।

उनले जनयुद्धका प्रतिनिधि र मार्क्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफूहरु भएको जिकिर गरे ।

११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाई छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको उनको भनाइ छ ।

उनले प्रचण्डलाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको बताए । उनले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताए ।

माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनको भनाई छ । नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्द र विचार भएको उनको दाबी छ। माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरुको डिजाईनलाई असफल भएको उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *