एमालेको ११ औं महाधिवेशन: प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको छ ।

महाधिवेशनका लागि प्रतिनिधिमध्ये २ हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या २ हजार २६२ हुने छन्।

बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुन पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६१३ सहभागी हुनेछन् ।

ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।

यस्तै तात्कालीन नेकपा (एस) बाट एमालेको ‘घरफर्क अभियान’मा आउनेमध्येबाट ३ जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनिहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *