गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपाली सहित २५ जनाको मृत्यु
No ads found for this position
No ads found for this position
काठमाडौं । भारत गोवाको नाइट क्लबमा शनिबार राति भएको आगलागीमा परी ४ नेपाली सहित उक्त घटनामा २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
मृत्यु हुने २० जना क्लबका कर्मचारी छन् भने ४ जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।
शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।
प्रतिक्रिया


