एम्बुलेन्समा भेटियो ५१ किलो गाँजा
No ads found for this position
No ads found for this position
काठमाडौं । ५१ किलो गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्सलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलमा ५१ किलो गाँजा सहित ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया


