सप्तरीमा बस र ट्रक ठोक्किँदा १ को मृत्यु, ११ जना घाइते
No ads found for this position
No ads found for this position
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार १ पुरुष यात्रुको मृत्यु भएको हो । मृतकको नाम ठेगाना खुलेको छैन ।
दुर्घटनामा भारतीय नागरिकसहित ११ जना घाइते भएका छन् ।
बसमा सवार ५५ जना यात्रु सबार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया


