युवाहरुले सत्ताको पनि नेतृत्व गर्नुपर्छ: उपेन्द्र यादव
No ads found for this position
No ads found for this position
जनकपुरधाम। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताएका छन्।
समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताए ।
उनले भने,‘हरेक आन्दोनलमा युवाहरु नेतृत्व गर्दै आएका छन्, उनीहरुको सहभागिता बिना विश्वको कुनैपनि आन्दोलन सम्भव भएको छैन । उनीहरुले सत्ताको पनि नेतृत्व गर्नुपर्छ ।’
आसन्न प्रतिनिधि सभाको निर्वाचन र संघर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।
प्रतिक्रिया


